झापाको भद्रपुरमा मेगा बैंकको एटिएम सेवा विस्तार

बैंकिङ BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटिएम सेवा विस्तार गरेको छ।

भद्रपुर नगरपालिका–८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमकाबीच मेगा बैंकले एटिएम सेवा सञ्चालन गरेको हो। योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटिएम सेवा विस्तार गरेको छ।

स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ।
यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ती हजार २०० भन्दा बढी मेगा रेमीट सञ्जाल रहेका बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताए।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp