नबिल म्युचुअल फण्डअन्तर्गतका दुई फण्डद्वारा लाभांश घोषणा
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं- नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले लाभांश घोषणा गरेका छन्। दुवै फण्डले आफ्ना एकाइधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेका हुन्।
जसअन्तर्गत नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना एकाइधनीहरुलाई ३५ प्रतिशत (करसहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेक छन्।
नबिल इन्भेष्टमेन्ट बैंकिङको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यी दुई फण्डको कोष प्रवर्द्धक नबिल बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
सम्बन्धित खबर
अधिक तरलता बैंकिङ क्षेत्रकै समस्या : राष्ट्र बैंकले ५० अर्ब माग्दा बैंकहरुले बुझाए एक खर्ब
१९ मंसिर २०८२, बिहीबार
नेपाल–श्रीलंकाबीच मंगलबारदेखि सिधा उडान शुरु
१९ मंसिर २०८२, बिहीबार
कुमारी बैंकको निःशुल्क एन्टिजेन टेस्ट क्याम्प सम्पन्न
१९ मंसिर २०८२, बिहीबार
