Banking Khabar
Heading1

पूर्ववर्ती सरकारलाई आरोपित गर्न मनोगत ढंगले बजेटको आकार घटाइयो : विष्णु पौडेल

September 12, 2021
सेयर:

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले पूर्ववर्ती सरकारलाई आरोपित गर्न मनोगत ढंगले बजेटको आकार घटाइयो बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी एमाले संसदीय दलको बैठकमा बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयकका विषयमा सम्बोधन गर्दै बजेटमा नयाँ दृष्टिकोण, योजना केही नभएको बताए। उनले हचुवाका भरमा केही शब्दजालहरु प्रयोग गरिएको टिप्पणी गरे।

‘बजेटको आकारको सम्बन्धमा कुरा गर्दा यसले भ्रम सिर्जना गर्न खोजेको छ। हामीले मान्य सिद्धान्तको आधारमा उभिएर मुलुकको आर्थिक परिस्थिति र बजेट निर्माणको मान्य सिद्धान्तको आधारमा उभिएर बजेटको साइज निर्माण गरेका थियौं। हामीले १६ खर्ब ४७ अर्बको निर्धारण गरेका थियौं। त्यसको ठाउँमा १६ खर्ब ३२ अर्बको बजेट हुनेगरी घटाइएको छ’, उनले भने, ‘किन घटाइएको छ भन्दाखेरी हामीले बजेटको आकारलाई अनावश्यक ढंगले मोटो देखाउन चाहन्नौं भन्ने हिसाबले घटाएको अभिनय गरिएको छ। कोभिड-१९ जस्तो संक्रमणका विरुद्धको अवस्थामा निजी क्षेत्रले पनि खर्च गर्न नसक्ने स्थितिमा सरकारी खर्चमा बढोत्तरी गर्नुपर्ने आवश्यकता छ।’