दशैं आउनु भन्दा एक महिना अघिदेखिनै नयाँ नोट वितरण
२८ भाद्र २०७८, सोमबार १२:५४
२८ भदौँ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं आउनु भन्दा एक महिना अगाडी देखिनै बैंकहरुलाई नयाँ नोट वितरण गर्न थालेको छ । राष्ट्र बैंकले यस पटक गएका वर्षको भन्दा छिट्टै नयाँ नोटको व्यवस्था गरेको हो ।
कोभिड १९ को महामारीको अवधिमा नयाँ नोट लिनेको भिडभाड नहोस भनेर राष्ट्र बैंकले एक महिना अगाडी नै वितरण गर्न थालेको हो । बैंक वित्तीय संस्थाहरुलाई वितरण गरिएता पनि राष्ट्र बैंक आफैले भने घटस्थापना पछि मात्रै वितरण गर्ने जनाएको छ ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटहरु वितरण गर्न सुरु गरेको हो ।