इसेवाबाट नेपाल लाइफको बीमा शुल्क बुझाउनुहोस् क्यासब्याक र आइफोन १२ पाउनुहोस्

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौँ – भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ।

बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन्।

यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने कम्पनीले जनाएको छ।

कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिनेछ।

आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिनेछन्। योजनामा सहभागी हुन आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ।

इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ।
हाल इसेवाका देशभर करिब एक लाख १० हजार  भन्दा बढि एजेन्ट रहेका छन् भने इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp