Banking Khabar
Heading1

अर्थमन्त्री र गभर्नरको बर्खास्तको माग गर्दै १० लगानीकर्ताहरु आमरण अनसनमा

September 16, 2021
सेयर:

३१ भदौँ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग सहित लगानीकर्ताले आमरण अनसन शुरु गरेका छन्।

उनिहरु आजैदेखि नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडी आमरण अनसनमा बसेका हुन् । पूँजी बजार र समग्र अर्थतन्त्र विरोधी अर्थमन्त्री र गभर्नरलाई तत्काल बर्खास्त गर्नु पर्ने साथै अन्य १८ वटा माग सहित उनिहरु आन्दोलमा उत्रिएका हुन् । पूँजी बजार सुधार संघर्ष समितिका संयोजक आदित्य शिवाकोटी सहित १० जना लगानीकर्ताहरु आमरण अनसन बसेका छन् ।

लगानीकर्ताहरुले पूँजी बजार र समग्र अर्थतन्त्र विरोधी अर्थमन्त्री र गभर्नरको तत्काल बर्खास्तको माग गर्दै आमरण अनसन सुरु गरेका हुन। उनीहरुले यसका साथै अन्य १८ वटा माग समेत राखेका छन्।उनीहरुले केही दिन अघि देखि रिले अनसन समेत सुरु गरेका थिए।

तर उनीहरुको कुनै पनि निकायबाट माग सम्बोधन नभएपछि विहीबारबाट नेपाल स्टक एक्सचेञ्ज अगाडि लगानीकर्ता आदित्य शिवाकोटीले आमरण अनसन सुरु गरेका छन्। उनीहरुले आफ्नो माग पुरा नभएसम्म आफ्नो अनसन जारी राख्ने जनाएका छन्।