पर्यटकका लागि खुल्यो बर्दिया राष्ट्रिय निकुञ्ज

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज आज (असोज एक गते)बाट खुल्ने भएको छ।

सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड अपनाएर असोज १ गतेबाट पर्यटकलाई अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको निकुञ्ज व्यवस्थापनले जनाएको छ।

चार महिनापछि असोज १ गतेदेखि निकुञ्ज खोल्ने बताउँदै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले हाल पर्यटकलाई जङ्गल ड्राइभ (सफारी), –याफ्टिङ र जङ्गल वाक गर्न मात्र अनुमति दिइएको जानकारी दिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp