मेगा बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा बचतका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
दसैं नजिकिँदै गरेको सन्दर्भमा बैंकले ग्राहकहरुलाई ‘दसैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ नयाँ ब्याजदर योजना ल्याएको हो।
उक्त योजनाअन्तर्गत ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा वार्षिक ९.५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन्। यसैगरी, बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन्। जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदरमध्येमा पर्ने बैंकले जनाएको छ।
यसैगरी, मेगा बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ। ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ। दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम एक हजार रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रिय सभा बैठक बस्दै : आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंकले पायो ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड’
१९ मंसिर २०८२, बिहीबार
पीएसजीमा मेस्सी र नेयमार फेरि संगै
१९ मंसिर २०८२, बिहीबार
