Banking Khabar
अर्थतन्त्र

गणपति लघुवित्तले एकैचोटी थप्यो ३ वटा नयाँ शाखा

September 17, 2021
सेयर:

१ असोज, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

संस्थाले प्रदेश नं. ०१ अन्तर्गत मोरङ्ग जिल्लाको बुढीगंगा, प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहामा ३ वटा नयाँ शाखा कार्यालयहरु आजबाट सञ्चालनमा ल्याएको हो । यसका साथै संस्थाले निकट भविष्यमा थप ४ वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य लिएको छ ।

उक्त थपिएको शाखासँगै संस्थाको शाखा संख्या ४३ पुगेको छ । २२ वटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको यस संस्थाले ग्रामिण क्षेत्रका २९ हजार ७ सय ४३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।