राष्ट्र बैंकले ११ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्दै
बैंकिङ
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पौष ६ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल असोज ४ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर पर्सी (असोज ५ गते, मंगलबार) बिक्री हुनेछ ।
बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल चैत्र ८ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल असोज ४ गते परिपक्क हुनेछ ।
ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ :

सम्बन्धित खबर
बित्तिय क्षेत्रबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, वाह्य क्षेत्रमा लगानी सुस्त
कामना सेवा विकाश बैंकद्वारा ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण
गरिमा बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा ३५ % सम्म छुट
