Banking Khabar
Heading1

साहस उर्जाको आईपीओमा करिब १३ लाखको आवेदन, माग भन्दा तीन गुणा बढी शेयर

September 23, 2021
सेयर:

७ असोज, काठमाडौं । साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा करीव १३ लाखले आवेदन दिएका छन् ।

कम्पनीको आइपीओमा १२ लाख ८१ हजार जना आवेदकले १ करोड ८७ लाख ८५ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलकाले जानकारी दिएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको शेयरको २.९१ गुणा बढी हो ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।