३० अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक

७ आश्विन २०७८, बिहीबार १२:३२

७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) ३० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो ।

७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो असोज १४ गते परिपक्क हुनेछ ।

केन्द्रीय बैंकले रिपो तथा रिभर्स रिपो छोटो समयावधीका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन् । यस अन्तर्गत तरलताको अवस्था हेरी केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट अल्पकालिन सापटी दिने वा लिने कार्य गरी तरलताको व्यवस्थापन गर्ने कार्य गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *