अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज
काठमाडौं- कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।
केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालमा कोभिड र अन्य रोगको उपचार गर्न सक्ने गरी पूर्वाधार विकास गर्न स्वास्थय मन्त्रालयले छुट्याएको ६ अर्ब ८१ करोड ८५ लाख बजेटमध्ये ८५ लाख बजेटमध्ये ३ अर्ब १३ करोड ४८ लाख फिर्ता भएको छ ।
महामारीमा अक्सिजन, भेन्टिलेटर र आइसीयू बेड नपाएर समूह समूहमा संक्रमितको ज्यान जान थालेपछि पूर्वाधार विकास गर्न सरकारमाथि दबाब परेको थियो । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयू पीआइसीयू, एचडियू खरिद गर्न स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकार गरेको थियो ।
सार्वजनिक खरिद ऐनमार्फत जाँदा ढिलाइ हुने भन्दै कोभिड १९ संकट व्यवस्थापन अध्यादेश ल्याएर सरकारले तोकेको स्पेसिफिकेसन र दरबमोजिम आधिकारिक विक्रेता वा अन्तर्राष्ट्रिय संस्थासँग सिधै खरिद गर्न सकिने व्यवस्था पनि गरेको थियो ।
महामारी मत्थर भएपछि सरकार र अस्पतालको चासो पनि सेलाएर गएको छ । जबकि आपत्कालीन अवस्था भएकाले अस्पताललाई ७ दिनको सूचना प्रकाशित गरेर छोटो प्रक्रियामार्फत खरिद गर्न भनिएको थियो ।
रकम निकासा गर्न सामान खरिद गरिराख्नु नपर्ने र सप्लायर्ससँग सम्झौताका आधारमा भुक्तानी दिने व्यवस्था थियो । तैपनि मन्त्रालय र अस्पतालबीच समन्वय नहुँदा पूर्वाधार थप गर्ने अवसर गुमेको छ । सरकारले दर र स्पेसिफिकेसन तोक्न नै ढिलाइ गरेकाले आफूहरु अलमलमा परेको सरकार र अस्पतालका अधिकारीहरुको भनाइ छ । कान्तिपुर दैनिकबाट
सम्बन्धित खबर
इसेवाको चाडपर्व लक्षित अफरः बम्पर उपहारमा स्कुटर जित्न सकिने
१९ मंसिर २०८२, बिहीबार
पर्वतमा पहिरोमा परी पाँचको मृत्यु, तीन जना बेपत्ता
१९ मंसिर २०८२, बिहीबार
संकटमा रहेको पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छः वरिष्ठ उपाध्यक्षढकाल
१९ मंसिर २०८२, बिहीबार
