Banking Khabar
Heading1

मध्यभोटेकोशीको आईपीओ असोज २० गतेदेखि निष्कासन हुँदै

September 27, 2021
सेयर:

काठमाडौं– मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ॥

कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाँड गरिसकेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित र स्थानीयका लागि १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो। जसमध्ये आयोजना प्रभावित क्षेत्र र जिल्लाका वासिन्दालाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। अब ९० करोड बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले यसअघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट सि–आश्वास अनुमति लिएको बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आईपीओमा लगानी गर्न सकिनेछ।

नेपाल विद्युत प्राधिकरणबाट प्रवद्र्धित चिलिमेको सहायक कम्पनीमध्ये भोटेकोशीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।