दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा बोनस पाइने

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

११ असोज, काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्ने उद्देश्यले बोनस योजना ल्याएको छ।

बैंकले बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीको लागि आउँदै गरेको बडादशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटमार्फत एनआईसीको बैंक खातामा रकम पठाउँदा खातामा ४ सय रुपैयाँ बोनस रकम उपलब्ध गराउने योजना ल्याएको हो।

यहीअसोज ११ गतेदेखि कार्तिक १० गतेसम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिनेछ । ४ सय रूपैयाँ बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ ।

कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वर्ल्डरेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा रहेका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सकिनेछ।

योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन भौतिक रुपमा रेमिट्यान्स कार्यालयसम्म पुग्ने समयको बचत हुनुका साथै डिजिटल कारोबारलाई बढाउन समेत प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp