Banking Khabar
अर्थतन्त्र

आईएमई पेको दशैँ अफरः हवाइ टिकट खरिदमा ५० प्रतिशत क्यासब्याक

September 27, 2021
सेयर:

११ असोज, काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित ‘आइएमई पे’ को दशैँको झट्का स्कीम सार्वजनिक गरिएको छ ।

अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागू गरिएको कम्पनीले जनाएको छ। स्किमअन्तर्गत ग्राहकले आफ्नो आईएमई पे वालेटबाट हवाइ टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ।

क्यासब्याकको सीमा दुई हजारसम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई प’े को भुक्तानी सेवासँगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैँ यो स्किममा पनि नियम र सर्तहरु लागु हुनेछन् । सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यमबाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यास ब्याक प्राप्त गर्नेछन् । यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन्