आईपीओ निष्कासनको तयारीमा सीवाईसी नेपाल लघुवित्त

शेयर बजार BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्याटिलले गर्नेछ। धितोपत्र बोडबाट अनुमति पाएपछि कम्पनीको आईपीओ निष्कासनको प्रकृया अघि बढ्नेछ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हालै म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्तलाई  एक्विजिशन गरेको छ।

एक्विजिशनपश्चात् संस्थाको अधिकृत पुँजी २० करोड र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ।संस्थाले हाल ३७ वटा शाखामार्फत वित्तीय सेवा दिंदै आइरहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp