डियर एण्ड कम्पनीको ‘५० एचपी फोर ह्विल ड्राइभ’ट्र्याक्टर नेपालमा

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं- अमेरिकाको डियर एण्ड कम्पनीको सहायक कम्पनी जोन डियर इण्डिया प्रालि (जेडीआईपीएल)ले ‘५० एचपी फोर ह्विल ड्राइभ’ नयाँ ट्र्याक्टर नेपालमा भित्र्याएको छ।

यो ट्र्याक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएकोले किसान समुदायको उत्पादकत्व बढाइ आम्दानी बढाउने कम्पनीको भनाइ छ। कम्पनीले यसै समारोहबीच जोन डियरको दशौं हजार नम्बरको ट्र्याक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको जनाएको छ।

उक्त समारोहमा जेडीआईपीएलका बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले किसान उपभोक्ता तथा नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिसँगको लामो सहयात्रामा यो ऐतिहासिक कार्य भएको बताए। ट्रयाक्टरको विशेषता तथा उपभोक्तामैत्री सेवाले नै सफलता हात लागेको उनको भनाइ थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp