साहस उर्जाको आईपीओ आज बाँडफाँट हुँदै

Heading2 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– साहस उर्जा लिमिटेडको आईपीओ आज (आइतबार) बाँडफाँट हुने भएको छ। कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि सेयर  निष्कासन गरेको थियो।

आइतबार बिहान ९ बजे आईपीओ बाँडफाँट हुने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।कम्पनीको सेयरको प्रिअलटमेन्ट शुक्रबार गरिएको थियो।

कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्तासेयर माग भएको छ। यो सर्वसाधारणलाई निष्कासन गरेको ६४ लाख ४० हजार कित्ता सेयरको ५.३५ गुण बढी हो।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp