सामसुङको ग्यालेक्सी एम ५२ फाइभजी मोबाइल नेपाली बजारमा, कति पर्छ मूल्य?
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं- सामसुङले ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए ५२ एस ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ।
ए ५२ एस ५२ को विरासतलाई आत्मसाथ गर्दै कम्पनीले थप सुविधाहरु समावेश गरी ग्यालेक्सी ए ५२एस ५जी फोन बजारमा ल्याएको जनाएको छ।
यसमा क्वालकम स्न्याप ड्रागन ७७८जी प्रोसेसर, ओआईएसको साथ ६४ एमपी क्वाड क्यामेरा, १२० हर्ज रिफ्रेस रेटको साथ ६४ एमपी क्वाड क्यामेरा, १२० हर्ज रिफ्रेस रेटको साथ एसएएमओएलईडी डिस्प्ले आईपी६७, जस्ता विशेषताहरु विद्यमान रहेका छन् । यो फोनले फाइभजी ग्यारेन्टी प्रदान गर्ने कम्पनीको दाबी छ।
उत्कृष्ठ कार्यक्षमता र क्यामेरा भएको यस मोबाइलको नेपाली मूल्य ६जीबी र्याम प्लस १२८ जीबी मेमोरी सहितको ५३ हजार ९९९ रहेको छ भने ८ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ५० हजार ९९९ रहेको कम्पनीले जनाएको छ।
सम्बन्धित खबर
माण्डु हाइड्रोपावर र दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
१९ मंसिर २०८२, बिहीबार
३८ किलो सुन प्रकरण : आजदेखि प्रतिरक्षा बहस, गोरेविरुद्ध प्रमाण नपुग्ने डर
१९ मंसिर २०८२, बिहीबार
संग्रिला डेभलपमेन्ट बैंकको साढे १० प्रतिशत लाभांश प्रस्ताव
१९ मंसिर २०८२, बिहीबार
