ग्लोबल आईएमई लघुवित्तको २८ प्रतिशत लाभांश प्रस्ताव
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
हाल लघुवित्तको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपश्चात् उक्त चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ।
सम्बन्धित खबर
२० अर्ब तरलता थपिदै बैंक तथा वित्तीय संस्थाहरुमा
१९ मंसिर २०८२, बिहीबार
सानिमा माई हाइड्रोपावरको विद्युत विक्री आम्दानी पहिलो त्रैमाससम्म करिब ३३ करोड
१९ मंसिर २०८२, बिहीबार
कहिले कार्यान्वयन हुन्छ बढ्दै गइरहेको प्राणघातक वायु प्रदूषण रोकथामका कार्ययोजना ?
१९ मंसिर २०८२, बिहीबार
