Banking Khabar
अर्थतन्त्र

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

October 10, 2021
सेयर:

२४ असोज, काठमाडौँ । युनिलिभर नेपालको ६५० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज असोज २४ गते आईतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले वार्षिक साधारण सभा र नगद लाभांश प्रयोजनार्थ असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय लिएको छ । जसअनुसार आज असोज २४ गतेसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।