बैंकको २१औँ वार्षिक साधारण सभा नक्सालस्थित कार्यालयमा हुँदै छ। बिहान ११ः३० बजे सुरु हुने सभामा अनलाइन (जुम) मार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ
सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।