टीकाको दोस्रो दिन : काठमाडौं उपत्यकामा बढ्यो चहल–पहल
काठमाडाैं- बडादशैं (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौंमा दशैंको टीकासँगै चहलपहल बढेको छ । दशैंको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ ।
काठमाडौं उपत्यकामा पनि दशैंको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दशैंमा विगतका वर्षभन्दा केही बढी संख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ ।
उपत्यकामा पातलो संख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् । तुलनात्मक रूपमा आज सडकमा सवारी साधन बाक्लो संख्यामा चलेका देखिन्छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकामा दशैंको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । टीकाको पहिलो दिनभन्दा आज केही बढी सवारी साधन चलेका छन् । सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
ट्राफिक बत्तीका कारण पनि ट्राफिक व्यवस्थापनमा सहज भएको प्रहरीले जनाएको छ । उपत्यकामा आज अपराह्नसम्म कुनै अप्रिय घटना नभएको र सडकमा सवारी साधन निर्बाध रुपमा सञ्चालन भइरहेका प्रहरीले जनाएको छ । रासस
सम्बन्धित खबर
युनिलिभरको साधारण सभा कात्तिक ११ गते, प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश पारित हुँदै
१९ मंसिर २०८२, बिहीबार
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
१९ मंसिर २०८२, बिहीबार
खाद्य कम्पनीले २० दिनमै बेच्यो साढे ३८ लाखको चामल
१९ मंसिर २०८२, बिहीबार
