मुद्दती निक्षेपमा ११.१० प्रतिशतसम्म ब्याज दिँदै एनआईसी एसिया बैंक

Heading2 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– एनआईसी एसिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (कात्तिक १ गते)देखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा ६.१० देखि ८.१० प्रतिशतसम्म ब्याज दिनेछ। त्यसैगरी, बैंकको मुद्दती निक्षेपमा ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

त्यस्तै कर्जातर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशतदेखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ। भदौ मसान्तमा बैंकको ब्याजको आधारदर ६.८९ प्रतिशत कायम गरेको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp