हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
हुम्ला- लगातारको बर्षाका कारण पहिरो जाँदा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मंगलबार खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर पहिरोले पुरिएको छ । पहिरोमा पुरिएर धनवीरेसहित उनका छोरा ५५ वर्षीय कलबहादुर शाही, कलबहादुरकी श्रीमती ४० वर्षीया आशा शाही तथा कलबहादुरका छोराहरू १३ वर्षीय अजेन्द्र, पाँच वर्षीय भुमेश र तीन वर्षीय जसबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेमन्त शर्माले पहिरोमा पुुरिएका ६ जनाकै शव भेटिएको जानकारी दिए ।
सम्बन्धित खबर
डिशहोम रिचार्जमा विशेष छुट, ८९९ रुपैयाँमै अब १०० एमबीपीएसको इन्टरनेट चलाउन सकिने
१९ मंसिर २०८२, बिहीबार
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
१९ मंसिर २०८२, बिहीबार
लचिलो, सहुलियतपूर्ण मौद्रिक नीतिका कारण आर्थिक वृद्धिलाई थप टेवा पुग्नेछः आइएमएफ
१९ मंसिर २०८२, बिहीबार
