सिभिल बैंकले पायो ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
३ कार्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकलाई ऋणपत्र निष्काशन गर्नका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि अनुमति दिएको हो । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले उक्त ऋणपत्र निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट असोज २४ गते अनुमति पाएको हो ।
स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको छ ।
सम्बन्धित खबर
कोरोना महामारीका कारण बोटलर्स नेपाल तराई र बालाजुले साधारण सभा भर्चुअल माध्यमबाट गर्ने
१९ मंसिर २०८२, बिहीबार
खुल्यो विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा
१९ मंसिर २०८२, बिहीबार
मुक्तिनाथ बिकास बैंक बन्यो सबैभन्दा बढि नाफा कमाउने बिकास बैंक
१९ मंसिर २०८२, बिहीबार
