बढ्यो सुनको मूल्य
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – बिहीबार सुनको मूल्य तीन सयले बढेर तोलाको ९१ हजार सात सयमा कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ९१ हजार चार सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १२ सय ६० पुगेको सुनचाँदी व्यवसायी महासंले जनाएको छ। बुधबार चाँदी १२ सय ३५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
