लुम्बिनी विकास बैंकको १३.७१२ प्रतिशत लाभांश घोषणा

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– लुम्बिनी विकास बैंकले सेयरधनीहरुलाई १३. ७१२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको सामेबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस प्रस्ताव गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर सहित ३.७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपश्चात बैंकको उक्त चुक्ता पूँजी ३ अर्ब १९ करोड ७० लाख ९८ हजार ९०४ रुपैयाँ ५० पैसा पुग्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp