हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौत
नेपाल राष्ट्र बंैकबाट स्विकृत प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा NEPALPAY QR संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बिच मिति २०७८ साल कार्तिक २३ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ । ग्राहकहरुले NEPALPAY QR उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको QR मार्पmत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत NCHL ले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त NEPALPAY QR एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन् ।
हिमालयन बंैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्सेर राणा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले बंैक तथा क्लियरिङ्ग हाउसका अन्य कार्यकारीहरुको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्बन्धित खबर
कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका र अदालतको सेवा स्थगित
१९ मंसिर २०८२, बिहीबार
रुसी तेलमाथि अमेरिकी प्रतिबन्ध लागे ब्यारलको ३०० डलर पुग्ने, नेपालमा पेट्रोल ३०० नाघ्नसक्ने
१९ मंसिर २०८२, बिहीबार
खोप लगाएका पर्यटकले श्रीलंका जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने
१९ मंसिर २०८२, बिहीबार
