थप ३०६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
शिक्षा र स्वास्थ्य
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौं– नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ६०६ जनाको नमूना परीक्षण गर्दा आइतबार ३०६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर र १ हजार ५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २९१ र एन्टिजेन परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ।
गत २४ घण्टामा ३४८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन्।
ट्याग:
कोरोना
सम्बन्धित खबर
गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल गण्डकी बीच व्यवसायिक सम्झौता
२७ मंसिर २०८२, शुक्रबारबिजुलीकाे बजार हाेइन, खपत हुने क्षेत्र खाेज्नुपर्छ : अर्थमन्त्री शर्मा
२७ मंसिर २०८२, शुक्रबार
फेवाताल किनारको जग्गा विवादः गृहमन्त्री गुरूङले भने– ‘हामीलाई झुक्याइयो, कानुनी बाटो अपनाउँछौं!
२७ मंसिर २०८२, शुक्रबार
