एनएमबी बैंकले अनलाइनबाटै डिम्याट, मेरो शेयर र सीआरएन सुविधा दिने
वाणिज्य बैक
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
एनएमबी बैंकले देश तथा विदेशमै बसेर डिम्याट, मेरो शेयर र सीआरएन सेवा अनलाइनबाटै लिन सकिने योजना ल्याएको छ । ग्राहकले बैंकमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न र आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
ग्राहकहरूको लागि घरबाटै सहज ढंगले, पारदर्शी, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्ने यस योजनाको उद्देश्य रहेको बैंकको दाबी छ । साथै, बैंकले वातावरणमैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई पालना गर्ने बताएको छ ।
एनएमबी बैंकले हालसम्म देशभर देशभर २०१ शाखा, १३९ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिइरहेको छ ।
सम्बन्धित खबर
कुमारी बैंकद्वारा साखुको विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित
१९ मंसिर २०८२, बिहीबार
कुमारी बैंकका ग्राहकहरुलाई दराजबाट समान खरिद गर्दा २५ सयसम्मको छुट
१९ मंसिर २०८२, बिहीबार
