Banking Khabar
Heading3

नेपाल मनसुन: बर्खा र त्यसले निम्त्याउने विपद्‌बाट जोगिन कस्तो छ पूर्वतयारी

June 10, 2022
सेयर:

मनसुनका कारण हुने यस्ता घटनाको प्रभाव न्यूनीकरण गर्न पूर्वतयारीका लागि “आवश्यक कार्य” गरिएको अधिकारीहरूले बताएका छन्।

विपद्‌को आकलनका आधारमा नियमित रूपमा पूर्वसूचना जारी गर्ने कार्य पनि भइरहेको अधिकारीहरूको भनाइ छ।

तर विज्ञहरू सरकारले “पूर्वतयारीलाई राहत र उद्धारमा मात्र केन्द्रित गरे पनि जोखिममा रहेकाहरूलाई स्थानान्तरण गर्ने योजना” नबनाएको देखिएको बताउँछन्।

बाढीपहिरोले दुःख दिइरहने सिन्धुपाल्चोकमा जोखिम कम गर्न यस्ता छन् विज्ञका सुझाव

के हिमताल विस्फोट भएर मेलम्चीमा विनाशकारी बाढी आएको हो

‘हजारौँ वर्षअघि फर्केर हेरौँ’: मेलम्चीमा कहाँबाट र कसरी आयो गेगरानयुक्त बाढी?
यसै सन्दर्भमा बीबीसीले विपद्‌ व्यवस्थापन तथा मौसमसम्बन्धी अधिकारीहरू एवं विज्ञहरूसँग कुराकानी गरी तयार पारेका तपाईँले थाहा पाउनैपर्ने पाँच कुरा यहाँ प्रस्तुत गरिएको छ।

१. एक साताअघि नै मनसुन सुरु
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पहिलाको भन्दा झन्डै एक साताअघि नै नेपालमा मनसुन प्रवेश गरेको छ।

प्राय: जुन महिनाको दोस्रो सातामा नेपालमा मनसुन भित्रिने गरेको थियो।

तर यसपालि भने जुन ५ मा नै नेपालमा मनसुन भित्रिएको र यो पूर्वबाट पश्चिमतर्फ सर्दै गएको मौसमविद्हरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार हाल प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशसम्ममा मनसुनी गतिविधि देखिएको छ।

त्यो अबको केही दिनमा नेपालको पश्चिमी सीमासम्म फैलिने अनुमान गरिएको जानकारी उनले दिइन्।

बाढीपहिरो

२. औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा कति वर्षा हुन्छ भन्ने आकलन पनि गरेको छ।

उक्त आकलनअनुसार देशका कतिपय भागमा सरदरभन्दा बढी वर्षा हुने देखिएको छ।

मनसुनमा ‘१७ लाख मानिस प्रभावित हुन सक्ने’, कुन क्षेत्रमा बढी जोखिम
कहिले सुरु होला मनसुन, बढी पानी पर्ने अनुमान किन
विभागले सार्वजनिक गरेको पूर्वानुमानसम्बन्धी विवरणमा भनिएको छ, “… प्रदेश नम्बर १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरूमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने बाँकी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।”

“… चार महिनाको मनसुन याममा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।”

सरकारी अधकारीहरूका अनुसार औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेका क्षेत्रहरूमा विपद्‍को जोखिम पनि बढ्ने अनुमान गरिएको छ।

३. विपद्‌ले २० लाख मानिसलाई प्रभावित हुन सक्ने
अधिकारीहरूका अनुसार यस वर्षको मनसुनका बेला आउन सक्ने बाढीपहिरो र विभिन्न खाले विपद्‌ले ठूलो जनसङ्ख्यालाई प्रभावित पार्न सक्ने आकलन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार प्राधिकरणले बनाएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा पनि उक्त विवरण उल्लेख गरिएको छ।

डुबान

यद्यपि त्यसलाई प्राधिकरणको कार्यकारी समितिको बैठकले पारित गरिसकेको छैन।

प्रधिकरणले पहिले १७ लाख जनसङ्ख्यालाई मनसुनी विपद्‌ले प्रभाव पार्ने आकलन गरेकोमा थप अध्ययन र छलफलपछि त्यो सङ्ख्या करिब २० लाख हुने देखिएको उनले बताए।

उनले भने, “चार लाखभन्दा बढी घरपरिवारका २० लाखजति [मानिस] प्रभावित हुने देखिएको छ।”

“हामीले ती परिवारलाई ध्यानमा राखेर तथा गत वर्षका अनुभवबाट सिकेर पूर्वतयारी र प्रतिकार्यका लागि योजना बनाएका छौँ।”

४. विपद्‌बारे थाहा पाउनेबित्तिकै आदेशबिनै सुरक्षाकर्मी परिचालित हुन पाउने
अधिकारीहरूले विपद्‌पछिको उद्धार तथा राहतमा ढिलाइ नहोस् भन्नका लागि सुरक्षाकर्मीहरूलाई विशेष आदेश दिइएको बताएका छन्।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार देशैभरिका सुरक्षाकर्मीलाई विपद्‍को घटनाबारे जानकारी हुनेबित्तिकै घटनास्थालतर्फ जाने अधिकार दिइएको छ।

ठाउँठाउँमा औसतभन्दा बढी तापक्रम, के अब नेपालमा पनि भारतमा जस्तै तातो हावा चल्छ
किन बिग्रियो मौसम, वर्षाको सम्भावना कति
यसपालिको हिउँदे झरी र हिमपातका तीन रोचक पक्ष
“त्यसका लागि कसैको आदेश लिइरहनुपर्दैन, जसलाई जाहा हुन्छ त्यो मुभ भइहाल्ने भन्ने म्यान्डेट दिइएको छ,” उनले भने।

त्यसबाहेक उनले देशैभरि रहेका मानवीय सहायतास्थलमा उद्धार तथा राहत सामग्रीहरूको व्यवस्था गरिएको उनले बताए।

बाढीपहिरो

उनले भने, “हामीले पूर्वसूचना प्रणालीअनुसार प्राप्त गरेका सूचनाको नियमित संप्रेषण गर्ने व्यवस्था पनि मिलाएका छौँ।”

उनका भनाइमा हरेक जिल्लामा विपद्‍सम्बन्धी सामग्रीहरूको अवस्थाको मूल्याङ्कन पनि भइरहेको छ र अभाव रहेका स्थानमा त्यसको व्यवस्थापन पनि गरिँदैछ।

५. घटनापछि उद्धार र राहतको योजना छ तर ‘जोखिम रोक्ने’ योजना छैन
अधिकारीहरूले विपद्‌का लागि तयारी गरिरहेको बताएका बेला कतिपय विज्ञहरू चाहिँ सरकारले विपद्‌ रोक्ने वा जोखिममा रहेकाहरूलाई पहिले नै स्थानान्तरण गर्ने योजना भने नबनाएको बताउँछन्।

तिनैमध्येका एक त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डा. तारानिधि भट्टराई भन्छन्, “… पहिरो वा बाढी गएमा उद्धार र राहतका लागि बजेट छ तर त्यो पहिरो वा बाढी जानै नदिनका लागि काम गर्न बजेट नै छैन भन्ने सरकारी निकायहरूको जबाफ पाइने गरेको छ।”

“त्यसले नेपालमा हामी विपद् भइसकेपछिका लागि मात्र योजना बनाउँछौँ। तर घटना हुन नै नदिने गरी हाम्रो बजेटमा व्यवस्थापन गर्दैनौँ भन्ने देखाउँछ।”

सामान्य जुत्ता लगाएर जुम्लाको कठ्याङ्ग्रिँदो जाडोमा हिउँमाथि दौडिन्छन् एथ्लेटिक्स खेलाडी
घना बस्ती भएको क्षेत्रमा फैलिँदै समुद्री आँधी
बर्सेनि बाढीपहिरो बढ्नुको कारण भूकम्प कि जलवायु परिवर्तन कि मानवीय गतिविधि?
भट्टराईले उठाएको कुरालाई सरकारी अधिकारीहरूले पनि अस्वीकार गरेनन्।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव कोइरालाका भनाइमा त्यस्तो हुनुमा जोखिमको विश्लेषण गरेर त्यस्तो स्थानमा रहेका मानिसहरूलाई अन्यत्र सार्ने कामबारे सरकारी निकायबीच उचित समन्वयन नहुनु मुख्य कारण हो।

बाढीले कटान गर्दा आएको पहिरो

उनी त्यस्तो काम सहरी विकास मन्त्रालयको भएको बताउँछन्।

प्राधिकरणका प्रवक्ता भट्टराई चाहिँ कुनै पनि विपद्‌ आउनुअघि कुन स्थान जोखिममा छ भनेर काम गर्न “प्राविधिक अध्ययन” नै नभएको बताउँछन्।

सामान्य रूपमा हेरेको भरमा जोखिम देखिएका स्थानबाट पनि सर्वसाधारणहरू अन्यत्र जान नचाहनु अर्को कारण भएको उनको दाबी छ।

प्राविधिक अध्ययन भएर त्यसको जोखिमबारे यकिन नगरी बस्ती स्थानान्तरण गर्ने योजना बनाउन नसकिने भट्टराईको दाबी छ।

मौसमसम्बन्धी एपबारे तपाईँले जानुपर्ने कुरा

विपद्को अवस्था
नेपालमा गत वैशाखयता मनसुनसँग सम्बन्धित रहेका दर्जनौँ घटनाहरू भइसकेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणले देखाउँछ।

गत वैशाख १ गतेदेखि बुधवारसम्ममा बाढीपहिरो र चट्याङका कुल ६३ वटा घटना भएका छन्।

तिनमा परेर २६ जनाको मृत्यु भइसकेको छ भने ५० जना घाइते भएका छन्।

त्यस अवधिमा कुल ९८ परिवार प्रभावित बनेको केन्द्रले जनाएको छ।