श्रीलंकामा पेट्रोल भर्न दस दिन लाइनमा
राजनीतिमा वंशवाद हाबी हुँदा आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धन भर्न घण्टौँ लाइन लाग्ने कुरा सामान्य बनिसकेको । विदेशी मुद्राको सञ्चिति नहुँदा इन्धन आयात गर्न श्रीलंकालाई धौधौ भएको छ ।

राजधानी कोलम्बोमै तेल भर्न लाम बसेका गाडीको लाइन ५ किलोमिटरभन्दा बढी छ । यसैबीच बीबीसी पाकिस्तान र अफगानिस्तान संवाददाता सिकंन्दर किरमानीले दस दिनेदेखि पेट्रोलको लाइनमा बसेका एक मिनीबस चालकसँग कुरा गरेका छन् । दस दिनदेखि लाइनमा रहेका ४३ वर्षीय प्रथम भन्छन्, ‘म गत बुधबारदेखि गाडीमै सुतिरहेको छु । निकै कठिन छ तर के गरुँ । मैले पूरा ट्यांकी तेल पनि पाउनेवाला छैन ।’
श्रीलंकामा राजनीतिक र आर्थिक संकट गहिरिँदै गएको छ । महँगी ५० प्रतिशतसम्म बढेको छ । राष्ट्रपति राजापाक्षले मुलुक छाडेर भागेका छन् । व्यापक विरोधपछि उनले मुलुकबाहिरबाटै राजीनामा दिएका छन् । कतिपयले कोरोना महामारीका कारण पर्यटन उद्योग धराशयी भएको र फलस्वरुप अहिलेको संकट निम्तिएको बताउँछन् । तर अर्थविश्लेषकहरू भने सरकारको आर्थिक नीतिका कारण संकट निम्तिएको बताउँछन् । न्यून विदेशी मुद्रा सञ्चितिका कारण तेल र औषधिजस्ता अत्यावश्यक सामग्री आयात गर्न पनि कठिन भएको छ ।
सम्बन्धित खबर
बैंक ब्याजदर घटाउन राष्ट्र बैंकसँग छलफल भइरहेको छः अर्थमन्त्री
२७ मंसिर २०८२, शुक्रबार
त्रिभुवन विश्वबिद्यालयका परिक्षा नियन्त्रकमा फेरी जोशी नियुक्त
२७ मंसिर २०८२, शुक्रबार
पुँजीगत खर्च बढाउन सरकारका नयाँ सुधार, मन्त्रालयलाई रकमान्तरको अधिकार
२७ मंसिर २०८२, शुक्रबार
