एभरेष्ट बैंकको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला

बैंकवित्त BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

एभरेष्ट बैंक लिमिटेडले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दैछ। बैंकले साउन १८ गते देखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। ६ वर्ष अवधिको सो ऋणपत्र खरिदका लागि छिटोमा साउन २२ गतेसम्ममा आवेदन दिनुपर्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp