बुद्धभुमी नेपाल हाईड्रोपावरको आईपीओमा आजबाट आबेदन खुल्ला
Heading1
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
साउन ३२, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज साउन ३२ गते देखि आईपीओ निष्काशन गरेको छ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
