कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड
१९ भाद्र २०७९, आईतवार ०३:२०
कुमारी बैंकले ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड पाएको छ । भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ – पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।