राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगियो
Heading2
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लर्गिँएको छ। छातीमा संक्रमण देखिएको पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार गराउन श्री एयरको विमानमार्फत त्यसतर्फ लगिएको हो ।
उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली भारत गएका छन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल पुगेर विदाई गरेका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो।
गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए। सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।
सम्बन्धित खबर
निजी क्षेत्रले भन्यो– अमेरिकाले पैसा दिंदैमा नेपाल नै खान्छ भन्नु हुँदैन एमसीसी पास गरौं
२७ मंसिर २०८२, शुक्रबार
उखु किसानले पाए २९ करोड २५ लाख रुपैयाँ अनुदान
२७ मंसिर २०८२, शुक्रबार
मिटरब्याजसँग जोडेर लघुवित्तमाथि प्रहार हुन गलत – सांसद भगवती चौधरी
२७ मंसिर २०८२, शुक्रबार
