कर कार्यालयले दियो दुर्गा प्रसाईंलाई आयकर तिर्न १५ दिने ‘अल्टिमेटम’
Heading3
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
दुर्गा प्रसाईंले आयकर नतिरेपछि उनलाई कर कार्यालयले १५ दिने ‘अल्टिमेटम’ दिएको छ।
आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै दुर्गा प्रसाईंलाई १५ दिनको समय दिएको हो।
उनले सञ्चालन गरेको बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको राजस्व कार्यालयले जनाएको छ।
पटक(पटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुरले बताएको छ।
सञ्चालक दुर्गा प्रसाईंसहित कर बक्यौता रहेको ३६ कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ।
सम्बन्धित खबर
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै
२७ मंसिर २०८२, शुक्रबार
मर्जरको लागि पार्टनर खोज्दै बैंक अफ काठमाण्डू, प्राथमिकतामा ग्लोबल आइएमई
२७ मंसिर २०८२, शुक्रबार
टाटा मोटर्सको दशैँ अफर अन्तर्गत चार भाग्यशाली विजेता घोषित
२७ मंसिर २०८२, शुक्रबार
