नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन सुरु
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज बिहानबाट थालिएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
मंगलबार दिउँसो करिब ४:५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको छ ।
त्यसैले सबै सवारी धनी, चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनका एसपी गोविन्द पुरीले बताए ।
एसपी पुरीले अनलाइनखबरसँग भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’
पहिरो खसेलगत्तै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ ।
सडकमा सवारी साधनहरुको लामो जाम देखिन्छ । सवारी साधनहरुको लाइन कुरिनटारसम्मै देखिन्छ ।
सम्बन्धित खबर
कामना सेवा बैंकद्वारा श्री जनशक्ति प्राथमिक विद्यालय मा सुईटर तथा मोजा वितरण
१९ मंसिर २०८२, बिहीबार
नर्भिक हस्पिटललाई गैरकानुनी संरचना भत्काउँन महानगरले थप समय दिने
१९ मंसिर २०८२, बिहीबार
नागरिकता विधेयक हुबहु संसदमा पेस गर्ने सरकारको तयारी, राष्ट्रपतिमाथि संवैधानिक दबाब
१९ मंसिर २०८२, बिहीबार
