मुक्तिनाथ बैंकका ग्राहकलाई केजीएचका होटल तथा रिसोर्टमा ३० प्रतिशतसम्म छुट

बैंकिङ BusinessSarokar | ३ पुष २०८२, बुधबार

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले केजीएच ग्रुप अफ होटल एन्ड रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले केजीएच ग्रुपअन्तर्गतका विभिन्न होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् ।

बैंकका ग्राहकले काठमाडौंमा रहेको माया मनोर बुटिक होटल, पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टमा उक्त छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

छुट तथा अन्य सुविधा लिन ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ । ग्राहकले मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत समेत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी, मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने ‘अटो लोन’ समेत सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले ग्राहकलाई बैंकिङ सेवासँगै यात्रा तथा आतिथ्य सेवामा समेत थप सुविधा उपलब्ध गराउने उद्देश्यले केजीएच ग्रुपसँग सम्झौता गरिएको जनाएको छ । सम्झौता मिति २०८३/०६/०६ मा गरिएको हो ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp