कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको नाममा रहेको २६ हजार ८९४ कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न


द्वन्द्व पीडित अपाङ्ग समाजलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौं स्थित द्वन्द्व पीडित अपांग समाज–नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा बैंककी साँखु शाखाकी शाखा प्रबन्धक रीमा प्रधानद्वारा शंखारापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्व पीडित अपांग


२६ वाणिज्य बैंकमध्ये २३ बैंकले गरे लाभांश घोषणा, कसको कति?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन् भने केही


मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गरेको छ। मुक्तिनाथ विकास बैंकले बीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पताल बीरगंज प्रा. लि.सँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको हो। सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले नारायणी


हुण्डी किन गैरकानुनी मानिन्छ ? यस्ता छन् हुण्डी गर्दाका हानीहरु

नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भनिन्छ । रेमिट्यान्सबाट देशलाई प्राप्त हुने भनेको विदेशी मुद्रा नै हो । हामीलाई ठुलो मात्रामा विदेशी मुद्रा चाहिन्छ । बिभिन्न बस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रा आवश्यक पर्छ । रेमिट्यान्सबाट आएको रकम विदेशी मुद्रामा आउँछ । बैंकले त्यसलाई साटेर नेपाली मुद्रा दिन्छन् । व्यापार घाटालाई मिलान गर्न पनि यहि विदेशी


एनआईसी एशिया बैंकले पायो ISO 27001: 2013 प्रमाणपत्र

एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं International Organization for Standardization (ISO) बाट मान्यता प्राप्त ISO 27001: 2013 (Information Security Management System) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । ISO 27001 मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता


सिभिल बैंक ११ औ वर्षमा प्रवेश

काठमाडौँ । सिभिल बैंकले विभिन्न कार्यक्रम आयोजना गरी ११औँ वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथै विविध कार्यक्रमहरुको आयोजना गरीे वार्षिकोत्सव मनाइएको हो । बैंकमा ५ वर्ष/ १० वर्षदेखि अतुत सेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि अभिनन्दन


राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले शुक्रबार विहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर कर्जाको ४/१२ को नीतिलाई यथावत नै राखेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जामा ४/१२ को नीति ल्याएको


नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनी लिमिटेडसँग रेमिट्यान्स ९विप्रेषण० सम्झौता सम्पन्न भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्टरअध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे। यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन्।


१५ औं वर्षमा गरिमा विकास बैंक

ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेकाे गरिमा विकास बैंक आज (मंसिर ७ गते) आफ्नो स्थापनाकालको १४औं वर्ष पेरा गरी १५ औं वर्षमा प्रवेश गरेकाे छ । बैंकले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम र नयाँ शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेकाे छ । बैंकले केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका