यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

१० भाद्र २०७८, बिहीबार १४:४०

१० भदौ, काठमाडौं । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

आज २३२ वटा कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली पावर कम्पनीको ४५ करोड ०६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको ३४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कामना सेवा विकास बैंकको २९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *