गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

१ असोज, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डीजी बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो । बैंकका ग्राहकहरूले नजिकको शाखा कार्यालयमा गएर फारम भरेपछि यो सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सुचारु गर्न सक्ने


कामना सेवा बैंकद्वारा भूमिसुधार कार्यालय पुनःनिर्माण, प्रहरीलाई सहयोग

काठमाडौं, भदौ ३०, २०८२ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने घोषणा गरेको छ। जेन जीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको मोरङस्थित मालपोत कार्यालयको मर्मतसम्भार समेत बैंकले गर्न लागेको हो। पुनःनिर्माण सम्बन्धी सम्झौतामा मालपोत कार्यालय विराटनगरका तर्फबाट मालपोत अधिकृत अजय राजवंशी


गरिमा विकास बैंकलाई इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ अवार्ड

गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ । भदौ १३ गते (अगस्ट २९, २०२५)मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमाले द बेस्ट बैंक


डेढ अर्ब कमाउने पहिलो विकास बैंक मुक्तिनाथ विकास बैंक

नेपालमा सञ्चालित विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकको वितरण योग्य मुनाफा ७.५ गुणाले वृद्धि भएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले यस भन्दा अघिल्लो आर्थिक वर्षमा १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो।


सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ करोड नाघ्यो, वितरणयोग्य नाफा तीन गुणाले वृद्धि

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यसै अवधिमा बैंकको नाफा ५० करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको थियो। बैंकको सञ्चालन नाफा भने १०.०६ प्रतिशतले वृद्धि भई ७७ करोड


११ महिनामा विकास बैंकको नाफा १३.८१% ले वृद्धि

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा विकास बैंकहरूले ५ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.८१ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा विकास बैंकहरूले जम्मा ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए। वित्तीय क्षेत्रको


गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित

गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रको एक प्रतिष्ठित एवार्डबाट सम्मानित भएको छ । एवार्ड फर कर्पोरेट एक्सलेन्सी २०२४ को चौथो संस्करणअन्तर्गत आयोजित ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट बैंक सम्मानि भएको हो । मानव व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गरेबापत बैंकलाई ‘विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट उत्कृष्टता २०२४’ एवार्डबाट सम्मानित गरिएको हो ।


गरिमा विकास बैंकको नायब सीईओमा अनिल रेग्मी नियुक्त

गरिमा विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सञ्चालक समितिले विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । Advertisement नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले २०८०


राष्ट्रिय स्तरका विकास बैंकको नाफा १०.९८ प्रतिशत घट्यो, कुनले कति कमाए ?

राष्ट्रिय स्तरका आठ विकास बैंकले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार यी आठ बैंकले कुल रू. २ अर्ब २५ करोड नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको दोस्रोे त्रैमासको तुलनामा १० दशलमव ९८ प्रतिशत घटेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी


गरिमा विकास बैंकले ५० लाख रुपैयाँसम्म कर्जा दिने, २ दिनमै स्वीकृत हुने

गरिमा विकास बैंकले ग्राहकहरुलाई ५० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले ग्राहकको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्यसहित उक्त रकमसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा दिने भएको हो । उक्त कर्जा सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने बैंकले बताएको छ । साथै, गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा