
बैंकमा कर्जा माग सुस्त, राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने
काठमाडौं, ३ असोज — दशैं–तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा पनि आर्थिक गतिविधि विस्तार हुन नसक्दा बैंकहरूले कर्जा प्रवाह बढाउन सकेका छैनन्। यसको असरस्वरूप बैंक प्रणालीमा बढी तरलता जम्दा नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १० दिनका लागि यो तरलता प्रशोचन गरिनेछ। पछिल्ला दुई

सार्वजनिक वाइफाई प्रयोग गरेर विद्युतीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानको वाइफाई नेटवर्क प्रयोग गरेर विद्युतीय कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ। राष्ट्र बैंकले एक भिडियो सन्देश जारी गर्दै सार्वजनिक वाइफाई प्रयोग गर्दा व्यक्तिगत बैंक विवरण, पासवर्ड वा अन्य संवेदनशील जानकारी चोरी हुन सक्ने भएकाले यस्तो नेटवर्कमार्फत कारोबार नगर्न उपभोक्तालाई सचेत गराएको हो। केन्द्रीय बैंकले सुरक्षित नेटवर्क प्रयोग गर्ने, आधिकारिक

बित्तिय क्षेत्रबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, वाह्य क्षेत्रमा लगानी सुस्त
नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरुबाट तीस अर्ब रुपैंयाँ आफूमा खिच्न लागेको छ । बुधबार राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने सूचना जारी जारी गर्दै यस्तो बताएको हो । चालु आर्थिक वर्षमा राष्ट्र बैंकको यो नवौं पटकको निक्षेप संकलन उपकरणको प्रयोग हो । बैंकहरुमा अधिक तरलता थुप्रिएपछि त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंक

गभर्नर डा.पौडेलको पहिलो मौद्रिक नीति सार्वजनिक हुँदै
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तयारी पूरा गरेको छ । केन्द्रीय बैंकले शुक्रबार संचालक समितिको बैठकबाट नीति स्वीकृत गरी सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको नेतृत्वमा तयार भएको यो पहिलो मौद्रिक नीति उदार हुने संकेत स्रोतले दिएको छ। बिहीबार केन्द्रीय बैंकको व्यवस्थापन समितिमा गहन छलफलपछि सञ्चालक समितिमा

आन्तरिक अर्थतन्त्र क्रमशः पुनरुत्थानतर्फ, लगानी वातावरण थप सहज बन्दै: राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आन्तरिक अर्थतन्त्र पुनरुत्थानतर्फ अघि बढेको जनाएको छ । आफ्नो त्रैमासिक मौद्रिक समीक्षामा राष्ट्र बैंकले अघिल्लो आवभन्दा बढी आर्थिक वृद्धि हुने जनाएको छ । ‘आन्तरिक अर्थतन्त्र क्रमशः पुनरुत्थानतर्फ बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ । अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७

५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन् । नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गर्दै उनले पहिलो निर्णय स्वरुप नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए ।मौद्रिक नीति सरकारको

गभर्नर सिफारिस समितिमा डा. पोषराज पाण्डेको इन्ट्रि
सरकारले गभर्नर नियुक्ति सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्(क्याबिनेट) बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको छ । सरकारले गभर्नर नियुक्तिका लागि चैत ११ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र डा.विश्वनाथ पौडेल सदस्य

गुणाकर भट्टलाई गभर्नर नियुक्तिको बाटो खुला
नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै परेको पूरक निवेदन सर्वोच्च अदालतको इजलासले अस्वीकार गरेको छ । योसंगै भट्टलाई गभर्नर नियुक्ति गर्न सरकारलाई बाटो खुलेको छ । सत्तारुढ नेपाली कांग्रेस र एमाले नेतृत्वबीच भट्टलाई गभर्नर बनाउने सहमति भइसकेको राजनीतिक वृतमा चर्चा छ । बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र वालकृष्ण ढकालको इजलासले

एक साताभित्र गभर्नर नियुक्त गरिसक्ने ओली–देउवाबीच सहमति
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति २ घण्टा छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफलका साथै गभर्नरका विषयमा समेत छलफल भएको थियो । प्रमुख सत्तारुढ घटक नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी ओलीनिकट मानिने युवा नेता विष्णु

आन्तरिक अर्थतन्त्र लयमा फर्कंदै गर्दा बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती
२०८२ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक ६९ वर्ष पूरा गरी ७० औं वर्षमा प्रवेश गरेको छ । स्थापना कालदेखि यस बैंकले समष्टिगत आर्थिक स्थायित्व र वित्तीय क्षेत्रको प्रवर्धनमार्फत देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको छ । यस अवसरमा बैंकका पूर्व गभर्नरज्यूहरू लगायत सबै अग्रजहरूलाई स्मरण गर्दै सम्मान व्यक्त गर्दछु । अर्थतन्त्र