श्रीलंका टापुमा वस्तु चराउन गएका ४० गोठाला फसे
सप्तरी- सप्तकोसी नदीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ । सप्तकोशीमा आएको बाढीले पश्चिम क्षेत्रमा धार परिवर्तन गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को श्रीलंका टापुको गरैयामा गाई बस्तु चराउन गएका गएका ४० जना भन्दा बढी स्थानीय बीच कोशीमा अलपत्र परेका छन् ।
बराहक्षेत्रको ठाकुरवारी पारीपट्टीको भागमा गाई बस्तु चराउन आएका सर्बसाधारणहरुलाई कोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएको भन्दै तत्काल स्थानीयले उद्धार गर्न माग गरेका छन् ।
श्रीलंका टापुको सोमवारेको डुडखोला र गरैयामा सप्तकोशीले धार परिवर्तन गरेपछि गोठालो गएका ४० जना सर्बसाधारण सप्तकोशीको बीच भागमा अलपत्र परेको बताइएको छ । गोठालो गएका सर्बसाधारण कोसीले धार परिवर्तन गरी अलपत्र परेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सशस्त्र प्रहरी वल ४ नम्बर गण सुनसरीका प्रमुख माधवप्रसाद पौडेल गोताखोरसहितको सुरक्षाकर्मीको उद्धार टोली लिएर घटनास्थल पुगेको छ ।
‘ठाकुरवारि पारीपट्टी गोठालो गएकाहरु बीच कोशीमा अलपत्र परेको खबर आएको छ । हामी उद्धारका लागि जाँदैछौं’, सशस्त्र प्रहरी प्रमुख पौडेलले भने, ‘घटनास्थल पुगेपछि एकिन विवरण आउने छ ।’ महिना दिनदेखि सप्तकोशीमा आएको बाढीले कटान गरी मानव बस्ती प्रबेश गर्दा समेत सरकारले कोशी आसपासका सर्वसाधारणको सुरक्षामा चासो नदेखाएको स्थानीय सन्तोष चन्द्रबंशीले बताए । उनले प्रत्यक बर्ष असार, साउन र भदौं महिनामा कोशीको त्रासले १० हजार भन्दा बढी सर्बसाधारण त्रासमा बस्नु परेको गुनासो गरे ।
सम्बन्धित खबर
शाहीको चेतावनी: बालेन्द्र नेतृत्व ‘आशाको दियो’ बनोस्, डढेलो बने नियन्त्रण गर्छौं
२७ मंसिर २०८२, शुक्रबार
धितो मूल्यांकन प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक
२७ मंसिर २०८२, शुक्रबार
भैँसेपाटीमा हाउजिङ बनाउँदै चौधरी ग्रुप
२७ मंसिर २०८२, शुक्रबार
