टेलिकमले ल्यायो रिचार्ज बराबरकै बोनस योजना
काठमाडौं- अहिले विश्व कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आतंकमा छ । नेपालले पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिङ्गो देश लकडाउन गरेको छ ।
यस्तो अवस्थामा आफन्तको हालखबर बुझ्न मोवाइलमा पर्याप्त व्यालेन्स हुन जरुरी हुन्छ । तर, लकडाउनका कारण घर अरु बेला जस्तै जतिखेर पायो त्यहिखेर बाहिर निस्केर रिचार्ज किन्न समस्या हुन्छ ।
यहि अप्ठ्यारो अवस्थालाई मध्यनजर गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस रकम दिन थालेको छ । बुधबार राति १२ बजेदेखि उक्त बोनस शुरु हुने टेलिकमले जनाएको छ ।
आज (बुधबार) राति १२ बजेदेखि लागू हुने गरी रिचार्ज बराबरका बोनस दिन शुरु गरिने टेलिकम प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिएका छन् । यो बोनस सरकारले तोकेको ७ दिने लकडाउन अवधिको लागि मात्र हुनेछ ।
‘अहिलेको लागि हामीले ७ दिनको लागि मात्र दिने निर्णय गरेका छौं’, अधिकारीले भने, ‘आवश्यक परेमा पछि थप हुनेछ ।’
मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र ऋणका रुपमा दिइने सापटीलाई २ सय रुपैयाँसम्म पुर्याउन निर्देशन दिएको थियो ।
हालको लागि रिचार्ज बराबरको बोनसमा मात्र दिने टेलिकमले जनाएको छ । लोनमा ग्राहकको रुची नदेखाएकाले बोनस मात्र दिने निष्कर्ष निकालिएको टेलिकमले जनाएको छ । रिचार्ज बराबरको बोनसमा प्राप्त रकमलाई लकडाउन अवधिभरमा सक्नुपर्नेछ । अन्यथा प्राप्त बोनस काटिने जनाइएको छ ।
सम्बन्धित खबर
कामना सेवाको साधारण सभा कात्तिक २३ मा, १८.५० प्रतिशत बोनस सेयर पारित हुने
२७ मंसिर २०८२, शुक्रबार
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त
२७ मंसिर २०८२, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
२७ मंसिर २०८२, शुक्रबार
