काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ ।
कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिटान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन्तिममा दुबईबाट रेमिटान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएका हुन् ।
कम्पनीले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।
सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई रु १ -१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्ने योजनामा रहेको छ ।corparatenepal