आईपीओ निष्कासनको तयारीमा आदर्श लघुवित्त
Heading1
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौं– बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सो लघुवित्त ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ।
लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सेयर निष्कासनका लागि असोज २० गते बोर्डमा आवेदन दिएको छ।
लघुवित्तको गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।
लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ। बोर्डबाट अनुमति पाएसँगै लघुवित्तले सेयर निष्कासन प्रक्रिया सुरु गर्नेछ।
