१० महिनाको व्यापारघाटा १४ खर्ब ३२ अर्ब
Heading2
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापारघाटा १४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले विदेशबाट १६ खर्ब ५ अर्बको वस्तु आयात गरेको छ। सोही अवधिमा नेपालले १ खर्ब ७३ अर्बको वस्तु विदेश पठाएको छ।
चालू आर्थिक वर्षमा वस्तु आयात तथा निर्यात दुवै बढेको देखिएको छ। निर्यातको मात्रा बढे पनि व्यापार घाटाको खाडल भने धेरै रहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।
शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकताबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘धेरैलाई लाग्न सक्छ वस्तु आयात अहिले यही समयमा धेरै भइरहेको छ तर यो पहिलेदेखि निरन्तर भइरहेको छ।’
सम्बन्धित खबर
लक्ष्मी लघुवित्तको २७.३६ प्रतिशत लाभांश घोषणा
२७ मंसिर २०८२, शुक्रबार
बजेटमाथि चलखेल : १० करोडसम्मका निर्माण ठेक्का कार्यकर्तालाई दिने प्रपञ्च
२७ मंसिर २०८२, शुक्रबार
बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सर्त र शुल्कबारे बुझ्न राष्ट्र बैंकको आग्रह
२७ मंसिर २०८२, शुक्रबार
